राष्ट्रिय प्रशारण लाइनसँग जोडियो मार्तडी

राष्ट्रिय प्रशारण लाइनसँग जोडियो मार्तडी

बाजुरा। जिल्ला सदरमुकाम मार्तडीमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारणको लाइन जोडिएको छ। नागरिक समाजले लगातार तीन दिनसम्म आन्दोलन गर्नाका साथै कार्यालयमा तालाबन्दी गरेपछि सदरमुकाम मार्तडीलगायत क्षेत्रमा प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन जडान गरिएको हो।

दैनिक ६ देखि १० घण्टासम्म विद्युत् भार कटौतीको मार खेप्दै आएका सदरमुकामवासी उक्त लाइन जडान भएपछि खुशी भएका छन्। यही ७ माघदेखि जडान गरिएको लाइनबाट १० माघ साँझदेखि नियमितरुपमा विद्युत् उपलब्ध गराउन सकिएको प्राधिकणका कार्यालय प्रमुख ललितकुमार मण्डलले बताए। विसं २०४६ मा स्थापना भएको बाजुरा साना जलविद्युत् केन्द्रले २०६६ सालदेखि विद्युत् उपलब्ध गराउन थालेपछि स्थानीय त्रिवेणी सहकारी संस्थाले २० वर्षका लागि सम्झौता गरेर विद्युत् उपलब्ध गराउँदै आएको थियो।

दुई सय किलोवाट क्षमताको उत्पादित विद्युत् मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो विद्युत् भार कटौती गर्दै आएको थियो। सदरमुकाम मार्तडीलाई लक्ष गरेर सोमबारदेखि ११ हजार भोल्टेजको लाइन जडान उपलब्ध गराइएको हो। बाजुरामा सबस्टेशन नभएसम्म ११ हजार भोल्टेजको लाइनबाट सेवा विस्तार गरिने र सवस्टेशन निर्माण भइसकेपछि ३३ केभिएको लाइन दिनसकिने उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved