नोबेलका विद्यार्थीको माग सम्बोधन गर्न अध्ययन समिति गठन

नेपालभ्युज

नोबेलका विद्यार्थीको माग सम्बोधन गर्न अध्ययन समिति गठन

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अतिरिक्त शुल्क लगायतका विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति गठन गरेको छ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो। कलेजमा विगत केही हप्तादेखि शुल्क वृद्धि लगायतका विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन्। मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको संयोजकत्वमा बनेको समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानुन उपसचिव सदस्य छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन गरिएको छ। समितिलाई कार्यक्षेत्र पनि तोकिएको छ।

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षण अस्पताल व्यवस्थापनबीच विवाद हुनाका कारण पहिचान गर्ने र यस सम्बन्धमा भएका नीतिगत तथा कानुनी व्यवस्थाका विषयहरू अध्ययन गरी विवरण तयार गर्ने समितिलाई कार्यक्षेत्र तोकिएको छ।

त्यस्तै, चिकित्सका शिक्षा आयोगबाट निर्धारित शुल्क तथा शिक्षण अस्पतालले विद्यार्थीबाट लिएको वा दाबी गरेको शुल्कको अध्ययन गरी विवरण तयार गर्ने र समस्या समाधानका विकल्प सहितका सुझावहरू पेश गर्ने कार्यक्षेत्र समितिलाई तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved