प्रतिवन्धित जडीबुटी ‘झ्याउ’ बरामद

प्रतिवन्धित जडीबुटी ‘झ्याउ’ बरामद

नवलपरासी। भारतीय सीमा नजिकै लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित जडीबुटी प्रहरीले बरामद गरेको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिका–७ स्थित भन्सार नजिकै शाही ट्रेडर्स कवाड संकलनस्थलबाट गए राति प्रहरीले ठूलो मात्रामा झ्याउ नामक जडीबुटी बरामद गरेको हो।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट १५१ बोरामा रहेको चार हजार ४५० किलो जडीबुटी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

बरामद भएको जडीबुटी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइएको र कारोबारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved