तयारी नपुगेको भन्दै रोकियो सत्तागठबन्धन समन्वय समितिको बैठक

गठबन्धनमा रहेका दलहरुबीच पहिले स्थानीय तहको चुनाव कि संघ तथा प्रदेशसभाकाे चुनाव भन्ने विषयमा मतैक्य हुन सकेकाे छैन।

नेपालभ्युज

तयारी नपुगेको भन्दै रोकियो सत्तागठबन्धन समन्वय समितिको बैठक
फाइल तस्वीर

काठमाडौं। आवश्यक तयारी नपुगेको भन्दै सत्तागठबन्धन समन्वय समितिको बैठक स्थगित भएकाे छ।

आज दिउँसाे ४ बजेका लागि बाेलाइएकाे बैठक तयारी नपुगेकाे भन्दै स्थगित भएकाे हाे।

गठबन्धनमा रहेका दलहरुबीच पहिले स्थानीय तहको चुनाव कि संघ तथा प्रदेशसभाकाे चुनाव भन्ने विषयमा मतैक्य हुन सकेकाे छैन।

यसअघि, गत मंगलबार बसेको समितिकाे बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पहिले गर्नुपर्ने प्रस्ताव गरेका थिए।

गठबन्धनकाे ठूलाे दल नेपाली कांग्रेस र अर्काे साझेदार जनता समाजवादीले भने आफ्नाे आधिकारिक धारणा बैठकमा सार्वजनिक गरिसकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved