प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

नेपालभ्युज

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

काठमाडौं। राजधानीमा जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन्।

मंगलबार भएको सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पन्छाउँदै  उपाधि नजिक पुगेको हो।

एपीएफ र पुलिसले त्यसअघि समूह चरणमा आफ्ना सबै खेल जितेका थिए।  प्रतियोगितामा ७ वटा प्रदेश तीन विभागीय टिम गरी कुल १० टीमलाई दुई वटा समूहमा बाँडेर खेलाइएको थियो। पुस २६ देखि सुरु भएको खेलको फाइनल आज बिहान १० बजे त्रिवि मैदान कीर्तिपुरमा सुरू हुनेछ।

प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved