गाउँको विकासमा समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल

गाउँको विकासमा समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल

गलकोट। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासमा समानुपातिक बजेट विनियोजन गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको बताएका छन्। उनले कोरोना रोग सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर कोरोनालाई परास्त गर्न आग्रह गरे।

नेपाली कांग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएका कारण केही स्थानमा धेरै र केही स्थानमा थोरै भएको पाएको बताउँदै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गर्ने बताए।

आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्त्याएको हुँदा सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने बताए। बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य बनेको सर्वसिद्धिधाम पञ्चकोटको अवलोकनसमेत गरेका मुख्यमन्त्री पोखरेलले पञ्चकोटको विकासमा गण्डकी प्रदेशले सक्दो सहयोग गर्ने बताए।

मुख्यमन्त्री पोखरेलले कोरोनाको तेस्रो लहरबाट बच्नका लागि सबै नागरिक सचेत हुनुपर्ने बताउँदै गण्डकी प्रदेश सरकारका सबै नागरिकसमक्ष अबको केही महिनामा कोरोनाविरुद्धको खोप पु¥याउने लक्ष्य रहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved