बागमतीलाई हराउँदै पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

१५६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बागमती निर्धारित ओभरमा आठ विकेट गुमाएर १०५ रनमा समेटियो।

नेपालभ्युज

बागमतीलाई हराउँदै पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

काठमाडौं। बागमती प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

पुलिसले बागमतीलाई पराजित गर्दै पीएम कपको पहिलो फाइतलिस्ट बन्न सफल भयो। त्रिवि खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले बागमतीलाई ५० रनले हराएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५५ रन जोड्यो। उसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले।

५४ बल खेलेका पवनले तीन चौका र तीन छक्काको मद्दतमा ५९ रन बनाए। पुलिसका लागि १६ बलमा ३१ रन तथा अनिल साहले २५ रन बनाए।

बागमतीका नन्दन यादव र रिजन ढकालले समान दुई–दुई विकेट झार्दा प्रतिस जीसीले एक विकेट हात पारे।

त्यसपछि, १५६ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बागमती निर्धारित ओभरमा आठ विकेट गुमाएर १०५ रनमा समेटियो।

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गर्दा कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोडे। राम नरेश गिरी २२ रनमा अविजित रहे।

पुलिसका दिपेन्द्र सिंह ऐरी एक्लैले चार ओभरमा १० रन खर्चेर पाँच विकेट लिए। उनीसँगै सागर ढकालले दुई विकेट तथा आरिफ शेखले एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved