माघे संक्रान्तिको भोलिपल्ट पनि लुम्बिनीमा सार्वजनिक बिदा

नेपालभ्युज

माघे संक्रान्तिको भोलिपल्ट पनि लुम्बिनीमा सार्वजनिक बिदा

बुटवल। माघी/माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ।

लुम्बिनी प्रदेश सरकारको २०७७ चैत १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माघ २ गते आइतबारका दिन माघी/ माघे संक्रान्तिका उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको हो।

लुम्बिनी प्रदेश सरकारले थप बिदा आवश्यकताअनुसार प्रदेशभर र कुनै क्षेत्र भेग अनुसार दिने ६ वटा बिदा दिन पाउने निर्णयअनुसार माघ २ गते बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत देवीराम पाठक बताउँछन्।

१ माघमा केन्द्र सरकारले नै बिदा दिएको तथा शनिबारसमेत परेकाले थप बिदा दिनुपर्ने निर्णयअनुसार २ माघमा पनि बिदा दिइएको उनले नेपालभ्यूजलाइ जानकारी दिए।

लुम्बिनीका तराईका जिल्लाहरुमा थारू समुदायको बस्ती रहेको छ। विशेषगरि नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाके र बर्दियामा रहेका थारु समुदायले माघी पर्व ५ दिनसम्म मनाउछन।

यता सुदूरपश्चिम सरकारले पनि २ माघमा बिदा दिएको छ।

सुदूरपश्चिममा २ माघमा पनि सार्वजनिक बिदा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved