सहायक रथी सिलवालले सम्हाले सैनिक प्रवक्ताको जिम्मेवारी

यसअघिका सैनिक प्रवक्ता रहेका सन्तोष वल्लभ पौड्यालले शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी पाएका छन्।

नेपालभ्युज

सहायक रथी सिलवालले सम्हाले सैनिक प्रवक्ताको जिम्मेवारी
नेपाली सेनाको हेडक्वार्टर

काठमाडौं। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले आजदेखि जिम्मेवारी सम्हालेका छन्।

१ पुसको मन्त्रिपरिषद्को निर्णयअनुसार जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा नियुक्त भएका सहायक रथी सिलवालले आजदेखि औपचारिक रुपमा जिम्मेवारी शुरु गरेका हुन्।

यसअघिका सैनिक प्रवक्ता रहेका सन्तोष वल्लभ पौड्यालले शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी पाएका छन्।

१ साउन २०७७ सैनिक प्रवक्ता बनेका सिलवाल १६ महीनापछि सरुवा भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved