अर्थमन्त्रीद्वारा बाँकी ६ महिनामा पूँजीगत खर्च जसरी पनि शत प्रतिशत गर्न आग्रह

नेपालभ्युज

अर्थमन्त्रीद्वारा बाँकी ६ महिनामा पूँजीगत खर्च जसरी पनि शत प्रतिशत गर्न आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन्। मंगलबार बसेको आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले यस्तो आग्रह गरेका हुन्।

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि मैले रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न सल्लाह दिए। उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिए। त्यस्तै विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औल्याए। उनले हरेक मन्त्रालयमा फाइल बोकेर हिँड्दा ढिला हुने भएकाले अब डिजिटल माध्यममा जानुपर्ने बताए।

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ। सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ। समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved