जबर्जस्तीकरणी घटना मिलापत्र गराउने वडासदस्यसहित ५ जना पक्राउ

नेपालभ्युज

जबर्जस्तीकरणी घटना मिलापत्र गराउने वडासदस्यसहित ५ जना पक्राउ
प्रतिकात्मक तस्वीर

धनगढी। कैलालीमा जबर्जस्तीकरणी घटना मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुरबाट वडा सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का वडा नम्बर ४ का पूर्व वडासचिव यज्ञराज आचार्य, वडा सदस्य वर्ष ५४ का लक्ष्मी रुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होम प्रसाद सुबेदी, वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदीलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ। मिलापत्र गर्ने अन्य केही जना फरार छन्।

१५ मंसीरमा सोही ठाउँकी ७७ वर्षीया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर जर्बजस्ती करणी गरेको बुझिएको छ। घटना बाहिरीले डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए। तर ३ लाखमध्ये १ लाख नदिँदा घटना करिब एक महिनापछि बाहिरिएको हो।

उक्त कसुरमा २१ पुसमा इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दरखास्त प्राप्त भएपछि सोही दिन प्रतिवादीसहित मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

उनीहरूमाथि अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनालाई ढाकछोप गर्न र जबर्जस्तीकरणी जस्तो घटना मिलापपत्र गराउनेहरूलाई मुलुकी अपराधसंहिता २०७४ अनुसार कानुनी कारबाही हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved