गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि ओली फकाउँदै देउवा

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका देउवाले एमसीसी पारित गराउनका लागि एमालेको सहयोग मागेका हुन्।

नेपालभ्युज

गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि ओली फकाउँदै देउवा

काठमाडौं। प्रधानमन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग एमसीसी पारित गराउन पहल थालेका छन्।

सत्तागठबन्धनमा रहेका दलहरुबीच एमसीसी पास गर्ने विषयमा मतैक्य नभएपछि देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मनाउन प्रयास थालेका हुन्।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका देउवाले एमसीसी पारित गराउनका लागि एमालेको सहयोग मागेका हुन्।

अवरुद्ध संसद् खुलाउने तथा एमसीसीको विषयमा छलफलका लागि ओलीनिवास बालकोट पुगेका देउवाले संसद्मा देखिएको गतिरोध अन्त्यका लागि विकल्पका विषयमा छलफल गरेका छन्।

ओलीसँगको भेटमा देउवाले संसद्मा जारी अवरोध खुलाउने विषयमा र एमसीसीको विषयमा एमालेको धारणाबारे पनि छलफल गरेका छन्।

बालकोट जानुअघि बिहीबार बसेको सत्तागठबन्धनको बैठकले देउवालाई संसद्मा जारी गतिरोध अन्त्य र एमसीसीको विषयमा एमालेसँग छलफल गर्ने जिम्मेवारी दिएको थियो।

त्यसअघि, देउवाले कांग्रेस वरिष्ठ नेता तथा सत्तागठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेललाई बुधबार नै ओलीनिवास बालकोट पठाएका थिए। बालकोटमा पौडेलले पनि संसद् अवरोध खुलाउने तथा एमसीसीकै सम्बन्धमा छलफल गरेका थिए।

बालकोटमा ओलीसँग भएको छलफलबारे बिहीबारको बैठकमा पौडेलले ब्रिफिङ गरेका थिए। पौडेलको ब्रिफिङसँगै देउवाले बालकोट गएर ओलाीलाई भेट्ने तय भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved