भाजपाको साइबर सेनाले यसरी प्रयोग गर्छ घृणा र धम्की फैलाउने एप

भारतीय जनता पार्टी (भाजपा)को साइबर सेनाले ‘टेक फग’ एपमार्फत् सार्वजनिक बहशहरूलाई मोड्ने, विपक्षीलाई धम्काउने, तर्साउने लगायत गतिविधि गर्दैआएको खुलेको छ।

नेपालभ्युज

भाजपाको साइबर सेनाले यसरी प्रयोग गर्छ घृणा र धम्की फैलाउने एप

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा)को साइबर सेनाले ‘टेक फग’ एप मार्फत सार्वजनिक बहसहरूलाई मोड्ने, विपक्षीलाई धम्काउने, तर्साउनेलगायत गतिविधि गर्दै आएको खुलासा भएको छ। भारतीय अनलाइन द वायरले यसको खुलासा गरेको हो।

अप्रिल २०२० मा पहिचान नखुल्ने एक ट्वीटर ह्यान्डल https://twitter.com/aarthisharma8?lang=en बाट भएका शृंखलाबद्ध ट्वीटमा आफू भारतीय जनता पार्टीको सूचना प्रविधि सेल (आइटी) सेलका असन्तुष्ट कर्मचारी रहेको दाबी गरियो।

यी शृंखलावद्ध ट्वीटमध्येकै एक ट्वीटमा एउटा निकै परिष्कृत गोपनीय एप भाजपाले प्रयोग गरिररहेको आरोप लगाइएको थियो।

सत्ताधारी भाजपासँग सम्बन्धित राजनीतिक व्यक्तिहरूले कृत्रिम रूपमा पार्टीको लोकप्रियता बढाउन, पार्टीका आलोचकहरूलाई प्रताडित गर्न र सबै प्रमुख सामाजिक सञ्जालमार्फत जनधारणाहरूलाई मोड्नका लागि यस्तो एप प्रयोग गरिएको आरोप थियो।

यस ट्वीटमा उल्लेख गरिएको ‘टेक फग’ ले द वायरको ध्यान खिच्यो। यो गोप्य एप रिक्याप्चा कोडलाई बाइपास गर्न सक्षम रहेको दाबी गरिएको थियो। जसको सहयोगमा कर्मचारीहरूले ‘टेस्ट र ह्यासट्याग ट्रेन्डस्’ लाई अटो अपलोड गर्न सक्थे। त्यसपछि द वायरका संवाददाताले ट्वीटर ह्यान्डलमार्फत यस्तो खुलासा गर्ने व्यक्तिको खोजी गरे।

यसपछिको भेटमा यी व्यक्तिले आफ्नो दैनिक कामबारे बताएका छन्। उनले ट्विटरका ट्रेन्डिङ सेक्सनका केही लक्षित ह्यासट्यागलाई हाइज्याक गर्ने, भाजपासँग जोडिएको धेरै ह्वाट्स एप ग्रुप बनाउने, त्यसलाई चलाउने र टेक फग एपमार्फत भाजपाको आलोचना गर्ने पत्रकारहरूलाई अनलाइनमार्फत प्रताडित गर्नेलगायत काम गर्दथे।

यसरी गरियो खोजी ?

यी व्यक्तिका अनुसार भाजापाको युवा शाखा, भारतीय जनता युवा मोर्चा (भाजयुमो) का पूर्वराष्ट्रिय सोसल मिडिया तथा आइटी प्रमुखसँग असन्तुष्ट भएपछि उनले पार्टीका गतिविधिबारे सार्वजनिक खुलासा गरेका हुन्।

स्रोतअनुसार, दवेले २०१८ मा यी व्यक्तिलाई एक आकर्षक जागिर लगाइदिने वाचा गरेका थिए, भाजपाले २०१९ को चुनाव जितेपछि यस्तो जागिर लगाइदिने प्रतिबद्धता थियो, जो पूरा भएन।

यसपछिका दुई वर्षसम्म द वायरको टिमले यी व्यक्तिले लगाएका आरोप सही छन् वा छैनन् भनेर लामो छानबिन गर्‍यो। प्राप्त सूचनालाई गम्भीरताका साथ छानबिन गरिएको थियो।

वायर टिमले एपका विभिन्न काम, एप निर्माताहरू र प्रयोगकर्ताको पहिचान र यसको प्रयोग गर्ने सङ्गठनहरूका विषयमा ज्यादाभन्दा ज्यादा जान्ने कोसिस गर्‍यो।

एन्क्रिप्टेड इमेल र अनलाई च्याट रूपको माध्यमबाट ट्वीटर एकाउन्ट पछाडिका व्यक्तिले एपका विशेषताहरू देखाउन धेरै स्क्रिनकास्ट र स्क्रिनसट पठाए। तर, स्रोत सार्वजनिक गर्न नहुने उनको सर्त थियो। आफूलाई नियुक्त गर्ने व्यक्तिसँगको पहिचान स्थापित गर्नका लागि भुक्तानीको रसिद र बैकसम्बन्धी विवरण पनि पठाए।

एनले द वायरलाई टेक फग एपको सिधा पहुँच दिएनन्। सुरक्षासम्बन्धी धेरै कडाइका कारण यस्तो सम्भव नहुने उनको दाबी थियो। ड्यासबोर्डमा एप लग इन गर्न तीन वन टाइम पासवर्ड (ओटिपि) जरुरी र कार्यालयबाहिर यसको प्रयोग रोक्न लोकल फायरवालको प्रयोगजस्ता विधि यसमा समावेश छन्।

यद्यपि उनले हामीलाई इमेलमार्फत भाजयुमोका एक अधिकारीसँग जोडिदिए। उनले स्वीकृत गरेको कोड स्क्रिप्ट्समार्फत द वायरको टिमलाई टेक फ्ल्याग ऐप होस्ट गर्ने वाला सुरक्षित सर्भरलाई जोड्ने अनेक बाहिरी टुल्स र सर्भिसेस सनाखत गर्न सहयोग मिल्यो।

प्रारम्भिक सबुतका अतिरिक्त द वायरको टिमले स्रोतद्वारा अनुमति दिइएका विभिन्न सोसल मिडिया सामाग्रीहरू र यस एपलाई सञ्चालित गर्ने नेटवर्क इनफ्रास्ट्रक्चरको विस्तृत फरेन्सिक जाँच गर्नका लागि अनेक ओपन सोर्स जाँच प्रविधि प्रयोग गर्‍यो।

नेटवर्कका विषयमा धेरै जान्ने उद्देश्यले टिमले अन्य स्वतन्त्र विशेषज्ञहरू र ठुला अपरेसनहरूमा सहभागी सङ्गठनहरूका वर्तमान कर्मचारीहरूसँग पनि अन्तर्वार्ता लियो।

यस प्रक्रियामार्फत द वायरलाई प्रमाणहरूको तार आपसमा जोडेर अघि बढ्न र एउटा ठुलो अपरेसनको पर्दाफास गर्न सफलता मिल्यो। जसले विश्वको सबैभन्दा ठुलो लोकतन्त्रमा सार्वजनिक बहसलाई भड्काउन कदममा कदम मिलाएर काम गर्ने सरकारी र निजी शक्तिबीच गठबन्धनतर्फ इशारा गरिरहेको थियो।

यसरी लगभग सबै प्रमुख सोसल मिडिया प्लेटफर्ममा फर्जी ट्रेन्डलाई अघि बढाएर बहस–चर्चालाई आफ्नो हिसाबले हाईज्याक गरिँदै थियो।

स्रोतले उपलब्ध गराएका स्क्रिनकास्टले एपका धेरै विशेषताहरू रेखांगित गर्‍यो र साइबर सेनाको कामकाजको ढाँचालाई थप नजिकबाट बुझन द वायरको टिमलाई सहयोग मिल्यो।

यो साइबर फौजले दैनिक रूपमा सार्वजनिक बहसमा हेराफेरी गर्न, स्वतन्त्र आवाजलाई प्रताडित गर्न, धम्क्याउन र भारतमा सूचनाहरूको एकपक्षीय प्रसार गर्न एपको प्रयोग गरिरहेको छ।

द वायरबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved