उत्तर कोरियाले नयाँ ब्यालेस्टिक हतियार परीक्षण गरेपछि जापान र दक्षिण कोरिया चिन्तित

नेपालभ्युज

उत्तर कोरियाले नयाँ ब्यालेस्टिक हतियार परीक्षण गरेपछि जापान र दक्षिण कोरिया चिन्तित

एजेन्सी। उत्तर कोरियाले समून्द्रमा ब्यालेस्टिक हतियार प्रहार गरेको छ। बुधबार बिहानै जापानी जलसेनाले सबैभन्दा पहिले यसबारे जानकारी गराएको थियो।

त्यसपछि दक्षिण कोरियाका अधिकारीहरुले यसको पुष्टि गरेका हुन्। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालोस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ।

यसका बाबजुद गत महीना सर्वोच्च नेता किम जोङ उनले देशको सैन्य क्षमतालाई अभिवृद्धी गर्ने वाचा गरेका थिए। त्यसयता, उत्तरले गरेको यो पहिलो मिसाइल परीक्षण हो।

‘थप जानकारीका लागि उत्तर कोरिया र अमेरिकाका गुप्तचर निकायहरुले बिस्तृत विश्लेषण गरिरहेका छन्,’’ सिओलका सेना प्रमुखले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जापानका रक्षा मन्त्री नोबुओ किसीका अनुसार ब्यालेस्टिक मिसाइल झन्डै ५ सय किलोमिटर माथिसम्म उडको थियो।

यसअघि २०१७ मा उत्तर कोरियाले ह्वासोङ–१५ नामक मिसाइल परीक्षण गरेको थियो, जो अनुमानति ४५ सय किलोमिटर उचाईसम्म पुगेको थियो। यस मिसाइलले गुआमस्थित अमेरिकी सेनाको अखडासम्म मार हान्नसक्ने बताइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved