एमालेले छान्यो राष्ट्रियसभा सदस्य उम्मेदवार, प्रदेश १ मात्रै एक्लै जित्न सक्ने

प्रदेश १ मा एमालेबाहेक सबै दल मिले पनि उसले एक्लै जित्ने सम्भावना बलियो छ । बाँकी प्रदेशमा सबै मिल्दा एमाले कमजोर देखिन्छ।

नेपालभ्युज

एमालेले छान्यो राष्ट्रियसभा सदस्य उम्मेदवार, प्रदेश १ मात्रै एक्लै जित्न सक्ने

काठमाडौं। एमालेले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ।

एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले पार्टीबाट राष्ट्रियसभाको चुनाव लड्ने उम्मेदवारको नाम टुंगो लगाएको हो।

आगामी २० फागुनमा रिक्त हुन लागेको १९ राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १२ माघमा निर्वाचन हुँदैछ।

एमालेले प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ।

प्रदेश १ मा एमालेबाहेक सबै दल मिले पनि उसले एक्लै जित्ने सम्भावना बलियो छ । बाँकी प्रदेशमा सबै मिल्दा एमाले कमजोर देखिन्छ।

प्रदेश २ मा असर्फी भिनवार यादव (खुला) र वीना साह (महिला), बागमतीमा गोपाल शाक्य (खुला) र निरकुमारी कुँवर (महिला), गण्डकीमा गोविन्दबहादुर नेपाली (दलित), लीला पोखरेल (महिला), पुण्यप्रसाद पौडेल (खुला) तर्फको उम्मेदवार बन्ने भएका छन्।

यसैगरी, लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार (दलित), भारती खनाल (महिला) र रामदयाल गुप्ता (खुला), कर्णालीमा पदमबहादुर माझी (अल्पसंख्यक), गंगा थापा महत (महिला) र चुडामणि शर्मा (खुला) तथा सुदूरपश्चिम प्रदेशबाट नरेश विक (दलित), सन्तोषकुमारी शर्मा थापा (महिला) र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताको समय तोकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved