ताराखोला सिले गाउँका घर-घरमा खानेपानी

ताराखोला सिले गाउँका घर-घरमा खानेपानी

गलकोट। बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–२ सिले गाउँका घरघरमा खानेपानीको धारा पुगेको छ । दुई दशकभन्दा अगाडिदेखि सञ्चालित खानेपानीको व्यवस्थापन राम्रो नहुँदा यहाँका स्थानीयले समस्या भोग्दै आएका थिए।

खानेपानीको समस्या पर्न थालेपछि ताराखोला गाउँपालिका र नेपाल स्वास्थ्यका लागि पानी ९नेवा०को सहयोगमा सिलेका घर घरमा पुगेको छ। एउटा धारोबाट दश÷बाह्र घरले पानी उपभोग गर्दै आएकोमा अहिले गाउँको हरेक घरमा एक घर एक धारा निर्माण भएको छ। ५७ घर रहेको सो गाउँमा ५७ धारा बनेका छन्।

नयाँ धारो निर्माण हुनुभन्दा पहिले गाउँमा खानेपानीको अभाव भएको स्थानीय जैमती घर्ती मगरले बताए। उनले पुरानो धारा जीर्ण भएको र उक्त धाराबाट १०÷१२ घरकाले पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्मरण गरे।

सिले वासमर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मोतिलाल रोका मगरले पुरोना खानेपानी योजना जीर्ण बनेपछि नेवासँग सहयोग मागेर समस्या समाधान गरिएको बताए।

गाउँमा एक घर एक धारा निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ। नेवाका कार्यक्रम अधिकृत विनोद कोइरालाले गाउँमा खानेपानीको समस्या भएपछि आफूहरुलाई सहयोगका लागि आग्रह गरेको र गत वर्षदेखि आयोजना सुरु गरेको जानकारी दिए सो आयोजना रु ३७ लाख ३५ हजार ८२७ को लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ।

नेवाको २० लाख ४१ हजार ३२९, ताराखोलाको रु छ लाख र समुदायको रु एक लाख ९० हजारको जनश्रमदानमा आयोजना सम्पन्न भएको होे। सिले गाउँका ५७ घर धुरीमा ५७ धारा निर्माण गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved