प्रधानमन्त्रीको भारत भ्रमणलाई राजकीय बनाउन नयाँदिल्लीमा आरजु सक्रिय

प्रधानमन्त्री देउवा  २६ पुसदेखि हुने  ”भाइब्रेन्ट गुजरात ग्लोबल समिट”मा सहभागी हुन भारत जाने कार्यक्रम तय भइसकेको छ। उनी २५ पुसमा दिल्ली प्रस्थान गर्नेछन् र त्यहींबाट गुजरात जानेछन्। 

प्रधानमन्त्रीको भारत भ्रमणलाई राजकीय बनाउन नयाँदिल्लीमा आरजु सक्रिय

काठमाडौं । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले भारतमा राजनीतिक भेटघाट शुरु गरेकी छन्। ११ पुसमा भारत भ्रमणमा गएकी आरजुले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग आइतबार (आज) भेट गरेकी हुन्।

५ पुसबाट प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ।  त्यस भ्रमणलाई सफल बनाउनका लागि आरजुले अहिले नै राजनीतिक भेटघाट शुरू गरेकी छिन्।  हुनत: उनी अहिले भाईको स्वास्थ्य उपचारका लागि भारत भ्रमणमा गएकी हुन्। तर, निजी भ्रमणमा दौरान पनि राजनीतिक भेटघाटमा व्यस्त छिन्। उनले देउवाको भ्रमणलाई राजकीय बनाउने प्रयास गरिरहेको जानकारहरू बताउँछन्।

देउवा कुन प्रयोजनका लागि भारत जाँदैछन् ?

प्रधानमन्त्री देउवा  २६ पुसदेखि हुने  ”भाइब्रेन्ट गुजरात ग्लोबल समिट”मा सहभागी हुन भारत जाने कार्यक्रम तय भइसकेको छ। उनी २५ पुसमै दिल्ली प्रस्थान गर्नेछन् र त्यहींबाट गुजरात जानेछन्।

आरजुको प्रयास देउवाको यही समयको भ्रमणलाई राजकीय बनाउनेमा केन्द्रीत रहेको स्रोतको दाबी छ। यद्पी, यो सहज भने छैन। सामान्य अवस्थामा परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्रीको राजकीय भ्रमणको तयारी अघि बढ्ने गरेको छ।

प्रधानमन्त्रीले भ्रमण गर्ने मुलुकमा पहिले परराष्ट्रमन्‍त्री पुग्छन् र भ्रमणको तयारी गर्छन्। परराष्ट्रमन्त्रीको भ्रमणकै दौरान प्रधानमन्त्रीको भ्रमणमा उठाउने एजेन्डा समेत तय हुन्छ। त्यसपछि दुबै देशका परराष्ट्र मन्त्रालयले संयुक्त विज्ञप्ति निकालेर राजकीय भ्रमणबारे जानकारी गराउँछन्। तर, समयको कमीका कारण परराष्ट्रमन्त्री भारत जाने परिस्थिति छैन।

यसअघि  २९ असारमा प्रधानमन्त्री चयन भएसँगै प्रधानमन्त्रीले देउवा भारत भ्रमण गर्न जान चाहेका थिए। तर, भारतीय पक्षले केही समय पर्खिन आग्रह गरेपछि भारत भ्रमण हुन सकेको थिएन।

प्रधानमन्त्री पत्नी आरजु कुटनीतिक मािमलामा पनि अगाडि छन्। उनले यसअघि ६ भदौमा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालाई नेपाल भ्रमणमा आएका बेला रक्षाबन्धन गरेकी थिइन्। यसलाई प्रधानमन्त्री देउवाको भारतसँगको सम्बन्ध सुधारको प्रयासका रुपमा हेरिएको थियो।

आरजुकै पहलमा नेपाली कांग्रेस र भाजपाबीच आपसी सम्बन्ध बिस्तारको प्रयास भएको थियो। त्यसैका लागि २१ असोजमा प्रकाश शरण महतको नेतृत्वको टोली भारत भ्रमणमा समेत गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved