महिला अधिकारको सुनिश्चितता भएको छ : प्रधानमन्त्री

महिला अधिकारको सुनिश्चितता भएको छ : प्रधानमन्त्री
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको आज विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा नेपाल विशेष मुलुक भएको बताए।

उनले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपति, सभामुख, उपसभामुख तथा गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुख र उपप्रमुख पदमा महिलाले नेतृत्व गरिरहेको उल्लेख गरे।

“नेपाल मात्रै यस्तो देश हो, जुन देशमा महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिइएको छ, राज्यका हरेक निकायमा महिलालाई आरक्षणको व्यवस्था छ, हाम्रो पार्टीले पनि ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएको छ, त्यतिमात्रै होइन स्थानीय तहहरुमा पनि महिला सहभागिता सुनिश्चित गरिएको छ, राष्ट्रपति, सभामुख, उपसभामुख पदमा पनि महिलाले नेतृत्व गरिसक्नुभएको छ, त्यसैले धेरै ठाउँमा हामीले महिलालाई आरक्षण दिएका छौँ”, प्रधानमन्त्री देउवाले भने।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले महिला अधिकार र सहभागिताका सवालमा सरकार तथा राजनीतिक दलहरु पनि गम्भीर रहेको बताए।

नेपाल समानुपातिक प्रतिनिधित्व गर्ने मुलुक रहेको उदाहरण दिदैँ उनले दलित, आदिवासी, जनजाती पिछडिएका क्षेत्रलाई आरक्षण दिएर समावेशी समानुपातिक प्रतिनिधित्व गराइएको बताए।

प्रधानमन्त्री देउवाले नेतृ सङ्ग्रौला अत्यन्त मेहेनती र महिलाको हक अधिकारका लागि लडिरहेको व्यक्तित्व भएको उल्लेख गर्दै मुलुकको समसामयिक परिवेष्टलाई समेटेर पुस्तक प्रकाशन गरेकामा लेखिका संग्रौलालाई बधाई दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved