माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा समूहगत रुपमा उठेका प्रश्नहरुको आज जवाफ दिने तयारी छ।

नेपालभ्युज

माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

काठमाडौं। आठौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रको क्रममा रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।

बन्दसत्रका क्रममा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले १२ पुसमा पेश गरेको राजनीतिक प्रतिवेदन माथि २५ समूहको छलफल सकिएसँगै त्यहाँ उठेका प्रश्नहरुको जवाफ दिनुअघि बैठक बसेको हो।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बैठक जारी छ। बैठकमा बन्दसत्रमा उठेका प्रश्नहरुको अध्यक्ष प्रचण्डले दिने जवाफको विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनको बन्दसत्रमा समूहगत रुपमा उठेका प्रश्नहरुको आज जवाफ दिने तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved