कोरोनाका २ सय ४१ संक्रमित थपिए

नेपालभ्युज

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ४१ जना संक्रमित थपिएका छन्। तर, यस अवधिमा कसैको मृत्यु भने भएको छैन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा आठ हजार ८९७ जनामा कोरोना परीक्षण गर्दा २४१ मा संक्रमण पुष्टि भएको जनाएको छ। यससँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८७१ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा २२८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। यससँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ७४६ पुगेको छ। निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन्। २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन्।

यस्तै, शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन्। नेपालमा सङ्क्रमण दर १७।१ प्रतिशत रहेको छ। हाल होम आइसोलेशनमा चार हजार ६३४, संस्थागत आइसोलेशनमा २३७, आइसीयूमा ८४ र भेन्टिलेटरमा २३ जनाको उपचार हुँदैछ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ५६ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा एक करोड ३९ लाख ७१ हजार ६६८ जनाले र पूर्ण मात्रा एक करोड तीन लाख १० हजार ६९२ जनाले खोप लगाएका छन्। महामारी शुरु भएयता कोरोनाका कारण नेपालमा नेपालमा कु्ल ११ हजार ५९० जनाको निधन भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved