राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ: श्रममन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले भने, “नयाँ वर्षलाई स्वागत गर्दै तमु समुदायले उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ।”

नेपालभ्युज

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ: श्रममन्त्री श्रेष्ठ

तनहुँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताएका छन्।

गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा यस्ता पर्वले सद्भाव कायम गर्न सहयोग पुग्ने बताए।

मन्त्री श्रेष्ठले भने, “नयाँ वर्षलाई स्वागत गर्दै तमु समुदायले उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ।”

मन्त्री श्रेष्ठले यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना जगाई समुन्नत राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved