आर्सनलको फराकिलो जित

नेपालभ्युज

आर्सनलको फराकिलो जित

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नर्विच सिटीलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा नर्विचलाई आर्सनलले ५-० गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो छैटौं मिनेटमा नै बुकायो शाकाको गोलले अग्रता लिएको आर्सनलको तर्फबाट पहिलो हाफको अन्तिम एक मिनेट बाँकी रहँदा किरन टीएनेले दोस्रो गोल गरेका थिए।

भारी दबदबामा परेको नर्विच ६७ औँ मिनेटमा शाकाको व्यक्तिगत दोस्रो गोलपछि ३-० ले पछि परेको थियो। ८४ औँ मिनेटमा लाकाेजेटीले पेनाल्टीमार्फत चौथो गोल गरेकोमा इन्जुरी समयमा इमिल स्मिथले अन्तिम पाँचौं गोल गरेका थिए।

जितसँगै आर्सनल १९ खेलबाट ३५ अंकसहित चौथो स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved