माओवादी महाधिवेशन

सीपी गजुरेलले पार्टी एकताका लागि राखे यस्ता शर्त

नेपालभ्युज

सीपी गजुरेलले पार्टी एकताका लागि राखे यस्ता शर्त

काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष तथा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पूर्वमाओवादीहरूबीच एकताको वातावरण बनाउन लाग्नुपर्ने बताएका छन्।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता गजुरेलले एकताका विषयमा बहस चलाउनका लागि पहिले केही शर्तहरू पूरा हुनुपर्ने बताए। माओवादी केन्द्रको महाधिवेशनमा उनले भने :

– पूर्वमाओवादीहरू एकजुट हुने हो भने जनयुद्ध शुरु हुनभन्दा अघिको केन्द्रीय समिति बैठकमा हामीले जुन प्रतिबद्धता गरेका थियौं, त्यसलाई पुनर्स्थापित गर्नुपर्छ।

– हामीले जुन लक्ष्य राखेका थियौं, त्यो अहिले पनि अधुरो र अपूरो छ। त्यो लक्ष्यअनुसार नेपाललाई जनगणतन्त्र बनाउनका लागि अघि बढौं, त्यो कार्यक्रम पास गर्न अनुरोध गर्छु।

– राष्ट्रिय स्वाधिनताका विषयमा केही महत्वपूर्ण निर्णय लिनुभयो भने त्यो महत्वपूर्ण हुन्छ। एमसीसी खारेज गर्न जोड लगाउनुहुन्छ भन्ने आग्रह गर्छु।

– गुमाएका भूभाग नक्सामा हासिल गर्यौं‍। तर, वास्तविक रुपमा हासिल गरेका छैनौं। कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपालले गुमाएका सबै भूभाग फिर्ता गर्नका लागि हामी लाग्नुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved