ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै हजारौँ टिकेट उडान रद्द

नेपालभ्युज

ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै हजारौँ टिकेट उडान रद्द

काठमाडौं। विश्वभर कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै हजारौँ उडान रद्द भएका छन्। एयरलाइन्स कम्पनीहरूले क्रिसमस र नयाँ वर्षको लागि लिइएका टिकट रुद्ध भएका हुन्।

बिदा मनाउनेहरूको सङ्ख्या बढिरहेको बेला उनीहरूले उडान रद्द गरेका हुन्। शुक्रबार मात्रै करिब २ हजार ४ सय उडान रद्द भएका छन्।

शनिबार अर्थात् आज पनि २ हजार ३ सयभन्दा बढी उडान रद्द भएको समाचारमा उल्लेख छ।

शनिबार रद्द गरिएका उडानहरूमध्ये ८०० भन्दा बढी अमेरिकी एयरपोर्टमा अवतरण वा उडान गर्ने तालिका थिए।

अहिले अमेरिका र युरोपमा कोरोनाको नयाँ सङ्क्रमण तीव्र गतिमा फैलिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved