निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

नेपालभ्युज

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा
फाइल तस्वीर

काठमाडौं।  स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी निर्वाचनसम्म पाँच दलीय सत्ता गठबन्धन कायमै रहने बताएका छन्। सङ्कटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार बनेको दाबी उनले गरे।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट कागेश्वरी मनहरा नगरपालिका–९ को युवा भेलामा बोल्दै मन्त्री खतिवडाले संसद् विघटन गर्ने आफ्नो केपी शर्मा ओलीको असफल कदमलाई ढाकछोप गर्न एमालेले अहिले संसद् अवरोध गरिरहेको आरोप लगाए।

नीति निर्माण गर्नुपर्ने जनप्रतिनिधिमूलक थलो संसद्मा गतिरोध उत्पन्न गरेपनि भत्तालगायत अन्य सुविधा लिने काम भने एमाले सांसद्हरुले गरिरहेको उनले बताए। भेलामले श्याम गिरीको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी गठन गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved