फेवाताल किनारमा १२ पुसदेखि ‘पामे चलचित्र महोत्सव’

फेवाताल किनारमा ५ दिनसम्म आयोजना हुने महोत्सवलाई १ लाखभन्दा धेरैजनाले अवलोकन गर्ने आयोजकको अनुमान छ।

नेपालभ्युज

फेवाताल किनारमा १२ पुसदेखि ‘पामे चलचित्र महोत्सव’

काठमाडौं।  पाँचौ संस्करणको पामे फिल्म महोत्सव १२ पुसदेखि पोखरामा शुरु हुने भएको छ। महोत्सवका विश्वका २० राष्ट्रका दुई सयभन्दा धेरैजना चलचित्रकर्मी, साहित्यकार, संगीतकार, लेखकलगायत सहभागी हुने आयोजक नेपाल संस्कृति केन्द्रलले जनाएको छ।

चलचित्र क्षेत्रको बजारीकरणका विषयमा केन्द्रीत रहेर उनीहरुसँग छलफल र अन्तक्रिया गर्ने कार्यक्रम छ।
महोत्सवका दौरान विभिन्न भाषाका ९४ वटा फिल्म देखाइने केन्द्रले जानकारी दिएको छ।

त्यस्तै, विभिन्न साहित्यकारहरूको प्रस्तुती, थारुनाच, भेषभुषा शो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाचलगायत मौलिक प्रस्तुतीहरु पनि देखाइने आयोजकले जनाएको छ।

फेवाताल किनारमा ५ दिनसम्म आयोजना हुने महोत्सवलाई १ लाखभन्दा धेरैजनाले अवलोकन गर्ने आयोजकको अनुमान छ।

महोत्सवको अन्त्यमा उत्कृष्ट ठहर भएका विभिन्न चलचित्रहरूलाई पुरस्कृत गरिनेछ। फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्टी फिल्म, स्टुडेन्ट फिल्म, फिल्म क्रिटिक र अडियन्स च्वाईस अवार्डगरी ६ विधा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved