‘आज हामीले लोहारको चोट हान्यौं’

नेपालभ्युज

‘आज हामीले लोहारको चोट हान्यौं’
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा मसाल केन्द्र विद्रोही समूहबीच पार्टी एकता भएको छ। माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको एकतापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, “हामी मूलभूत रूपमा एउटै स्कुलबाट आएका हौं। यो दिगो जानेछ। यसले देशमा बलियो सन्देश दिनेछ। जनतामा विकास र समृद्धिको नयाँ रूप दिन सकियोस्।”

नेकपा (एमाले)सँगको एकता सम्झिँदै प्रचण्डले केही मानिसले उक्त एकतालाई सत्तामा पुग्ने भर्‍याङ मात्र बनाएकाले आफूहरू नयाँ चिराबाट यहाँसम्म आइपुगेको बताए।

“अहिले पनि देशमा प्रतिक्रान्तिका षड्यन्त्रहरू चलिरहेका छन्। दुई राजनीतिक धारका बीचमा ठूलो ध्रुवीकरण देखापरिराखेको छ। समावेशी गणतन्त्रलाई उल्टाउने प्रयास भइरहेको छ। परास्त भएका सामन्ती तत्वहरूले प्रतिगमनको प्रतिनिधत्व गरिरहेका छन्,” प्रचण्डले भने, “यो परिवर्तनको रक्षा गर्दै अगाडि जानेहरू फेरि मोर्चाबन्दी हुँदैछन्।”

मसालसँगको एकतापछि षडयन्त्र गर्नेहरूलाई आज आफूहरूले लोहारको चोट हालेको भन्दै उनले हिजो एमालेसँगको एकता चाहना भए पनि विविध शक्तिहरू मिलेर एकता हुन नदिएको आरोप लगाए। एकताको झण्डालाई आफूहरूले उँचो राख्न चाहेको उनले बताए।

तत्कालीन नेकपामा रहँदा पार्टी अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै संविधान लोकतन्त्रलाई लत्याउँदै निर्ममतापूर्वक प्रतिगमन कदम चालिएको भन्दै उनले निकै ठूलो संघर्ष चलेको बताए। त्यतिबेला सार्वजनिक समारोहमा आफूले षडयन्त्रकारीलाई ठूलो क्रान्तिकारी लडाइँ लड्न तयार भएको बताए।

मसालबाट विद्रोह गरेको समूह र प्रभात चलाउनेले नेतृत्व गरेको नेकपा माओवादी नेकपा माओवादी केन्द्रसँग नेकपा माओवादीले पार्टी एकता गरेको हो। त्यस क्रममा केपी ओली र एमालेप्रति खनिएका उनले आगोसँग नखेल्न चेतावनी दिए। एमालेका मुख्यमन्त्रीहरूको बहिर्गनलाई सफलतासँग जोडेर उनले आउँदो चुनावमा एमालेलाई देखाइदिने पनि बताए।

जनतालाई भरोसा दिलाउन सकेन नेपाली जनताले विश्वास गरे आफूहरूले चुनाव जित्ने दाबी गरे। कुनै पनि नेता र गठबन्धनसँग माओवादीले वैरभाव नराखेको भन्दै प्रचण्डले आजको एकीकरणले गठबन्धनमा रहेका नेता पार्टीलाई नकारात्मक असर नगर्ने पनि विश्वास दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved