बिग ब्यास लिगमा सन्दीप लामिछानेको खराब प्रदर्शन जारी

नेपालभ्युज

बिग ब्यास लिगमा सन्दीप लामिछानेको खराब प्रदर्शन जारी

काठमाडौं। अस्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने निरन्तर खराब प्रदर्शन गरिरहेका छन्। सन्दीप रहेको टिम हबर्ट हरिक्यान्सले आजको खेलमा मेलबर्न स्टारलाई २४ रनले पराजित गरे पनि सन्दीपको प्रदर्शन सन्तोषजनक रहेन।

लगातार दोस्रो खेलमा विकेटविहीन रहँदा सन्दीपले  पूर्वक्लब मेलबर्नविरुद्ध ४ ओभरमा ३२ रन दिएका थिए। यो सिजन हरिक्यान्सबाट खेलेका शुरुआती पाँच खेलमध्ये सन्दीपले दुई खेलमा मात्र १-१ विकेट लिन सफल भएका थिए। बाँकी तीन खेल उनले विकेटविहीन खेले। त्यसैगरी रन रोक्न माहिर मानिने सन्दीप यो सिजन महँगा बलर पनि सावित भइरहेका छन्।

हालसम्म खेलेका ५ खेलमा उनले ३० भन्दा माथिको औसतमा रन खाइरहेका छन्। सन्दीप लगातार चौथो वर्ष अस्ट्रेलियाको फ्रेन्चाइज लिग बिग ब्यास खेलिरहेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved