क्यानका ६ सदस्यले भने : खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्छ

नेपालभ्युज

क्यानका ६ सदस्यले भने : खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्छ

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) का ६ जना असन्तुष्ट केन्द्रीय सदस्यले खेलाडीमाथि गरेको कारबाही फिर्ता हुनुपर्ने माग राखेका छन्।

आज (८ पुस) ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले खेलाडीमाथिको कारबाही फिर्ता हुनुपर्ने बताएका छन्।

२९ मंसीरमा क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमका ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को शुरुआती ६ महीनाका लागि सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने गरी कारबाही गरेको थियो। साथै उक्त बैठकले त्यसैगरी ज्ञानेन्द्र र दीपेन्द्रबाट कप्तान र उपकप्तानको जिम्मेवारी पनि खोसेको थियो।

बोर्डको यस निर्णयविरुद्ध यी ६ केन्द्रीय सदस्यले बैठकमै नोट अफ डिसेन्ट जायर गरेका थिए। तर क्यानको बोर्ड बैठकको बहमुतले खेलाडीलाई कारबाही गर्ने निर्णय पास गरेको थियो।

यही असन्तुष्ट समूहले आउँदो १४ र १५ पुसमा धनगढीमा आयोजना हुन लागेको क्यानको वार्षिक साधारणसभा पनि विधान विपरित भएको आरोप लगाउँदै आपत्ति जनाएको छ।

साधारणसभा अघि नै गत कात्तिकमा नै ४ वर्षे कार्यकाल समाप्त भइसकेको २० जिल्लाको अधिवेशन हुनुपर्ने र त्यहाँबाट  साधारणसभाका लागि प्रतिनिधि छनोट हुनुपर्ने माग राखेका छन्।

यसै विषयमा यो समूहले आजै राष्ट्रिय खेलकुद परिषद् (राखेप), क्यान र युवा तथा खेलकुद मन्त्रालयमा पनि पत्राचार गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved