रातमा दालचिनी पानी पिएर सुत्दा पाइने फाइदा

नेपालभ्युज

रातमा दालचिनी पानी पिएर सुत्दा पाइने फाइदा

एजेन्सी । दालचिनीमा आइरन, प्रोटिन, क्याल्सियम, म्याग्नीज, कपर, जिंक आदि तमाम पोषक तत्वहरू पाइन्छन् । यसको पानी पिएर पनि तपाईं विभिन्न खालका शारीरिक समस्याहरू कम गर्न सक्नुहुन्छ ।

यदी तपाईं रातमा सुत्नु अघि दालचिनीको पानी पिउनुहुन्छ भने पनि शरीरमा कैयौं रोगहरू तथा विमारीहरूको खतरा कम हुन सक्छ । आउनुहोस् जानौं–

  • महिलाहरूलाई महिनावारीका क्रममा दुख्ने, ऐंठन हुने आदि समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यस्तोमा रातमा सुत्नुअघि दालचिनीको पानी पिउँदा यस्तो खालको दुखाईबाट बच्न सकिन्छ ।
  • दालचिनीमा इन्सुलिन प्रतिरोधलाई कम गर्ने क्षमता पाइन्छ, जसले तौल कम गर्न पनि सहयोग गर्दछ ।
  • रातमा दालचिनी पानी पिएर सुत्दा शरीरमा रगतमा सुगरको मात्रा नियन्त्रित हुन्छ । त्यसैले पनि यो रातमा पिउनु एकदमै फाइदाजनक मानिन्छ ।
  • दालचिनीमा एन्टी इन्फ्लेमेटरी र एन्टी ब्याक्टेरियल गुण पाइन्छन्, जसले तपाईंको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ । यस्तोमा रातको समयमा शरीर सुन्निने तथा दुख्ने समस्या पनि हुँदैन ।
  • रातमा दालचिनी पानी पिएर सुत्दा शरीरको मेटाबोलिज्म रेट बुस्ट हुन्छ । यसले ग्यास, एसिडिटी र अपच कम हुन्छ ।
  • दालचिनीको पानीले कोलेस्ट्रोलको स्तरलाई कम गर्न सकिन्छ । जसले गर्दा तपाईंको मुटु पनि स्वस्थ रहन्छ । मुटुसम्बन्धी रोगको जोखिम भएका व्यक्तिले यसको नियमित सेवनले यस्तो खतरा कम हुन्छ ।
  • अध्ययनअनुसार दालचिनीको पानी पीसीओएस भएका महिलाहरूका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसले महिलाहरूमा इन्सुलिन एकदमै तीव्र गतिमा घट्ने र बढ्ने समस्यालाई रोक्ने काम गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved