क्यानले मल्ल र ऐरीलाई गर्‍यो पदमुक्त, सन्दीप लामिछाने नयाँ कप्तान चयन

क्यानले आचारसंहिता उल्लंघन गरेको भन्दै कप्तान मल्ल र उपकप्तान ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको हो।

नेपालभ्युज

क्यानले मल्ल र ऐरीलाई गर्‍यो पदमुक्त, सन्दीप लामिछाने नयाँ कप्तान चयन

काठमाडौं।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाइ पदमुक्त गर्ने निर्णय गरिएको छ।

क्यानको आज बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै कप्तान मल्ल र उपकप्तान ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको हो।

क्यानले गठन गरेको अनुशासन उल्लंघनसम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम उनीहरूलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरुको ६ महीनाको लागि सहभागी नगराउने निर्णय क्यानले गरेको छ।

मल्ललाई कारबाही गरेसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको रूपमा सन्दीप लामिछानेलाई चयन गरिएको छ।

क्यानले गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझेपछि कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान ऐरी, खेलाडीहरू सोमपाल कामी र कमल सिंह ऐरीले मिडियामा असन्तुष्टि पोखेका थिए।

सोही विषयमा आधिकारिक रुपमा संघमा नआएर मिडियामा गएको भन्दै क्यानले यी चारै जना खेलाडीसँग स्पष्टीकरण मागेको थियो। सबै खेलाडीले स्पष्टीकरण पेश गरेपछि थप अध्ययनका लागि क्यानले पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

No photo description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved