आगामी तीनै तहको निर्वाचनमा कांग्रेस पहिलो दल बन्नेछ : महामन्त्री शर्मा

नेपालभ्युज

आगामी तीनै तहको निर्वाचनमा कांग्रेस पहिलो दल बन्नेछ : महामन्त्री शर्मा

काठमाडौं । आगामी तीनै तहका निर्वाचनमा कांग्रेस देशको पहिलो र सबैभन्दा ठूलो शक्ति हुने नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन्।

नेपाल प्रेस युनियनले हिजो (मंगलबार) प्रेस युनियन कार्यालयमा गरेको कार्यक्रममा शर्माले यस्तो बताएका हुन्। युनियनले १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित शर्मा र केन्द्रीय सदस्यमा निर्वाचित अजयबाबु शिवाकोटीलाई सम्मान तथा बधाई कार्यक्रम गरेको थियो।

आगामी निर्वाचनबाट कांग्रेस पहिलो र बलियो दल बन्ने कुरा भविष्यवाणी नभएको र जनमतको तथ्यका आधारमा भएको शर्माको भनाइ थियो।

महामन्त्री शर्माले आफू पनि कुनै बेला मिडियाकर्मी भएको नाताले सदैव मिडियामैत्री भएर काम गर्ने बताए। आफू र पार्टीको नवनिर्वाचित नेतृत्व त्यसैमा केन्द्रित भएर अघि बढ्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved