सकियो खुला केन्द्रीय सदस्यको मतगणना, २५ जना देउवा पक्षका विजयी

नेपालभ्युज

सकियो खुला केन्द्रीय सदस्यको मतगणना, २५ जना देउवा पक्षका विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ। निर्वाचन समितिले भने केहीबेरमा मतपरिणाम सार्वजनिक गर्दै छ।

कांग्रेसको ३५ खुला केन्द्रीय सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए। तीन दिन लगाएर सकिएको मतगणनाको प्राप्त अन्तिम मतपरिणामअनुसार सबैभन्दा बढी डा शशांक कोइरालाले मत पाएका छन् भने दोस्रो बढी मत एनपी साउद र तेस्रो बढी मत बालकृष्ण खाँडले ल्याए।

त्यस्तै उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्कीले क्रमशः चौथो, पाँचौं, छैंटौं, सातौं बढी मत ल्याए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved