कोरोना कहर : लिभरपुलका तीन खेलाडी मैदानबाहिरै रहने

भिर्गिल भान डाइट, फाबिन्हो र कर्टिस जोन बिहीबारको खेलमा मैदानबाहिरै रहने भएका हुन्। लिभरपुलका बाँकी खेलाडी र प्रशिक्षकको कोराना नतिजा भने नेगेटिभ आएको छ।

नेपालभ्युज

कोरोना कहर : लिभरपुलका तीन खेलाडी मैदानबाहिरै रहने

एजेन्सी। कोरोना भाइरस पोजेटिभ देखिएपछि लिभरपुलका तीन महत्वपूर्ण खेलाडीले इंलिस प्रिमियर लिगअन्तर्गत न्युक्यासल युनाइेडविरुद्ध बिहीबार हुने खेल गुमाउने भएका छन्।

भिर्गिल भान डाइट, फाबिन्हो र कर्टिस जोन बिहीबारको खेलमा मैदानबाहिरै रहने भएका हुन्। लिभरपुलका बाँकी खेलाडी र प्रशिक्षकको कोराना नतिजा भने नेगेटिभ आएको छ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले मात्रै पछि परेको लिभरपुल लिगमा दोस्रोमा छ। लिभरपुलले १७ खेलबाट ४० अंक बटुलेको छ। यता, न्युक्यासल रेलिगेसन जोनमा छ। उसले १७ खेलबाट १० अंकमात्र बटुलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved