काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
केही समयअघि आएको बाढी र पहिरोको कारण बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रूपमा भए पनि छिटोभन्दा छिटो दिलाउने मन्त्री चौधरीले बताए।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकालभित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए।
‘‘मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी ल्याउँछु, तत्काल अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु,’’ उनले भने।
मन्त्री चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थालाई सरकारले सक्दो सहयोग गर्ने आश्वासनसमेत व्यक्त गरे।
Facebook Comment
Comment