सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ शुरु

सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ शुरु

धनगढी। सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ शुरु भएको छ। साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ शुरु भएको हो।

साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन्। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा शुरु साइकल यात्रा ५ पुससम्म चल्नेछ।

साइकल यात्रामा भारतका राइडरहरुको पनि सहभागिता रहेको छ। शनिबार बिहान धनगढीदेखि गोदावरी, खानीडाडाँ हुँदै डोटीको बुडरसम्म साइकल यात्रामा हिडेको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरत विक्रम शाहले बताए। भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जना सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ मा सहभागि रहेको उनले बताए।

यस्तै नेपालको काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागी छन्। यात्राको अन्तिम तथा तेस्रो दिन बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गर्ने तयारी भएको छ। निसर्ग अस्पतालको स्पोन्सरसीपमा आयोजना गरिने प्रतियोगिताका विजेताहरूलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ।

डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरुमा आयोजना गरिने साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार निसर्ग अस्पतालले प्रायोजन गरेको छ।

साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागत गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख भोजराज पाठकले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved