‘सूर्यवंशी’ सुपरहिट तर फ्लप भयो सलमानको ‘अन्तिम’

अन्य पाँच फिल्म पनि चलेनन्

बलिउडमा निकै अपेक्षा गरिएको फिल्म थियो सलमान खानको ‘अन्तिम’। तर त्यो पनि फ्लप फिल्मकै सूचीमा चढ्यो। लगातार ५ फिल्म एकपछि अर्को गरी फ्लप भए।

नेपालभ्युज

‘सूर्यवंशी’ सुपरहिट तर फ्लप भयो सलमानको ‘अन्तिम’

एजेन्सी। कोरोनापछि रिलिज भएको अक्षय कुमारको सूर्यवंशी सुपरहिट भयो। फिल्मले विश्वभर २५० करोड(भारतीय रुपैयाँ)भन्दा बढीको व्यापार गर्‍यो।

बलिउडमा निकै अपेक्षा गरिएको फिल्म थियो सलमान खानको ‘अन्तिम’। तर त्यो पनि फ्लप फिल्मकै सूचीमा चढ्यो। लगातार ५ फिल्म एकपछि अर्को फ्लप भए। सूर्यवंशीपछि आएका कुनै पनि फिल्मले ५० करोडको आँकडा पनि छुन सकेनन्। रिलिज हुने फिल्मको संख्या बढ्दै गए पनि हलसम्म आउने दर्शकको संख्या भने घट्दो छ।

त्यसमाथि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिनु बलिउडका लागि चुनौतीको विषय बन्दै गएको छ। अर्कोतर्फ ओटीटी, हलिउड र साउथ सिनेमाको त्रिपक्षीय आक्रमण बढेको छ। यस्तो अवस्थामा निर्माताले साना चलचित्रको विषयवस्तुको रणनीति परिवर्तन नगरे र हलहरूले पनि यी चलचित्रको टिकटको मूल्य घटाएन् भने मध्यम बजेटका चलचित्रमा संकटको बादल अझै गहिरिने टिप्पणी हुन थालेका छन्।

कोरोनापछि सूर्यवंशीले बक्स अफिसमा हंगामा मच्चायो। तर त्यसपछि कुनै फिल्मको प्रदर्शन खासै राम्रो भएन। सलमान खान, सैफ अली खान, जौन अब्राहमका फिल्मले पनि औसत व्यापार गर्न सफल भए।

तडप, सत्येमेव जयते २, बंटी और बब्ली २ र चण्डीगढ की आशिकी कुनै चलचित्रले राम्रो व्यापार गर्न सकेनन्।

चलचित्र निर्माता तथा आलोचक गरिश जोहरले दर्शक स्मार्ट बनिसकेकाले अब पुरानै ढर्राका चलचित्र नचल्ने टिप्पणी गरेका छन्। सूर्यवंशीपछि आएका स्टार कलाकारका फिल्म रिलिज भएको पहिलो दुई/चार दिन हलमा गएर दर्शकले परीक्षण गरेकाले त्यो समयमा राम्रो हल्ला भए पनि त्यसपछि अपेक्षाअनुसार कथा नभेटेपछि दर्शक हलमा नगएको उनले बताएका छन्।

दर्शक स्मार्ट बनेकाले अब चलचित्रकर्मीले नयाँ ढाँचाको कथामा मिहिनत नगरे फिल्म नचल्ने विश्लेषण उनको छ।

आगामी फिल्मको कुरा गर्दा हलिउडको ‘स्पाइडर म्यान’, स्पोर्ट्स ड्रामा ‘८३’ र साउथको ‘आरआरआर’ र पछि ‘पृथ्वीराज’बाट राम्रो कलेक्सन हुने अपेक्षा गरिएको छ। यी सबै  राम्रो अपेक्षा गरिएका चलचित्र हुन्। बलिउडको वास्तविक परीक्षा यही महीना ‘जर्सी’ र अर्को महीना ‘शाबास मिठु’, ‘बधाई दो’ र ‘अटैक’ जस्ता मध्यम बजेटका फिल्मबाट हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved