इंलिस प्रिमियर लिगमा न्युक्यासलविरुद्ध लिभरपुल विजयी

नेपालभ्युज

इंलिस प्रिमियर लिगमा न्युक्यासलविरुद्ध लिभरपुल विजयी

एजेन्सी। मोहम्मद सलाहले सिजनको २२ औं गोल गर्दा न्युक्यासल युनाइटेडलाई इंलिस प्रिमियर लिगमा लिभरपुलले ३–१ ले हराएको छ। कोराना भाइरस संक्रमणका कारण भर्गिल भान डाइक र फाबिन्हो अनुपस्थित भएको खेलमा योर्गान क्लोपको टोलीविरुद्ध न्युक्यासलले सातौं मिनेटमै अग्रता बनाएको थियो।

एलेक्जेन्डर आर्नोल्डले ८७ मिनेटमा लिभरपुलबाट अर्को गोल गरे। जीतसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंकदूरीलाई १ अंकमा झारेको छ।

१७ खेलबाट सिटीको ४१ र लिभरपुलको ४० अंक छ। तेस्रो स्थानमा रहेको चेल्सीको ३७ अंक छ। प्रिमियर लिगअन्तर्गत गए रातीको अर्को खेलमा चेल्सीलाई एभर्टनले एक एक गोलको बराबरीमा रोकेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved