सिटीले ७ गोल गर्दा गार्डीओलाको नाममा बन्यो यस्तो रेकर्ड

नेपालभ्युज

सिटीले ७ गोल गर्दा गार्डीओलाको नाममा बन्यो यस्तो रेकर्ड

एजेन्सी। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले प्रिमियर लिगमा सर्वाधिक चाडों ५ सय गोल गर्ने टोलीको प्रशिक्षकका रुपमा नयाँ किर्तिमान बनाएका छन्।

सिटीले मंगलबार इतिहाद रंगशालामा लिड्स युनाइटेडलाई ७–० ले हरायो। यसक्रमाम केभिड डि ब्रुयानाले दुई, फि फोडेन तथा ज्याक गियर्लिस, रियाद महरेज, जोन स्टोन्स र नाथा एकेले १–१ गोल गरेका थिए।

गार्डीओलाको प्रशिक्षणमा सिटीले खेलेको यो २ सय ७ औं प्रिमियर लिग गोल हो। र, अहिलेसम्म सिटीले उनको प्रशिक्षणमा कुल ५ सय गोल गरिसकेको छ।

यसअघि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपको नाममा सर्वाधिक धेरै गोलको रेकर्ड थियो। उनको प्रशिक्षणमा लिभरपुलले २ सय ३४ खेलमा ५ सय गोलको कोशेढुंगा पूरा गरेको थियो।

यस जीतसँगै १७ खेलबाट ४१ अंकसहित सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको लिभरपुलको ३७ र तेस्रो स्थानको चेल्सीको ३६ अंक छ। यी दुबै टोलीले सिटीभन्दा एक खेल कम खेलेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved