हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र लिगको शीर्ष स्थानमा

नेपालभ्युज

हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र लिगको शीर्ष स्थानमा
८ खेलबाट २० अंकसहित मच्छिन्द्र लिगको शीर्ष स्थानमा छ।

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई ३-० गोलअन्तरले हराउँदै मच्छिन्द्र जारी शहीद स्मार ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा मच्छिन्द्रलाई जिताउन २९ मिनेटमा सुनिल बलले अग्रता दिलाए। त्यसपछि ६७ औं मिनेटमा नोब्रुजोले गोल गर्दै अग्रता दोब्बर पारे। अतिरिक्त समयमा विमल घर्तीमगरले गोल गर्दै टोलीलाई जित दिलाए।

जितपछि मच्छिन्द्रको १० अंक भएको छ। लिगमा उसले चार खेलमा तीनमा जित र एक बराबरी गरेको छ। समान खेलबाट समान अंक नै भए पनि मनाङ मर्स्याङ्दी क्लबलाई मच्छिन्द्रले गोलअन्तरले पछि पारेको हो। मनाङ दोस्रो स्थानमा हुँदा त्रिभुवन आर्मी आठ अंकसहित तेस्रो स्थानमा छ।

आजै भएको यसअघिको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई हराउँदै लिगमा पहिलो जित दर्ता गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved