पुबुदु फेरि बन्दैछन् नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक?

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएसँगै क्यानले गत १ कात्तिकमा मुख्य प्रशिक्षक मागेको थियो।

नेपालभ्युज

पुबुदु फेरि बन्दैछन् नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक?

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका नियुक्तिका लागि नेपाल क्रिकेट संघ क्यानले प्रक्रिया पूरा गरिसकेको छ।

छनोटको प्रक्रिया पूरा गरेर क्यानले अन्तिम अन्तरवार्ता दिएका पाँच जनाको सूची पूर्ण विवरणसहित आईसीसीलाई पठाइसकेको छ।

उक्त सूचीमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके, मोन्टी देसाईसँगै अष्ट्रेलियाका पूर्वक्रिकेटर असान्था गुरुसिङ्घे र न्यूजिल्यान्डका पूर्व क्रिकेटर तथा प्रशिक्षक ग्रान्ट वार्डेन तथा श्रीलंकन पूर्व क्रिकेटर रुवान काल्पेज प्रतिस्पर्धामा छन्।

नेपाली टोलीको मुख्य प्रशिक्षक बन्नका लागि कुल ६० जनाले आवेदन दिएका क्यानले जनाएको छ। जसमध्ये १५ जनलाई पहिलो चरणमा छानेको क्यानको छनोट समितिले पाँच जनाको अन्तर्वार्ता लिएको थियाे।

क्यान स्रोतका अनुसार नेपाली टिमको जिम्म फेरि पुबुदुकै हातमा जाने सम्भावना प्रवल देखिएको छ। क्यानले बनाएको सिफरिस समितिले पुबुदुलाई पहिलो प्राथमिकतामा राखेको स्रोतको दाबी छ।

पुबुदुको सम्भावना अत्यधिक भएको भए पनि अलिहेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन। यसअघि पनि नेपालको टिम हेरिसकेको र नेपाललाई सफल बनाएका उनको सम्भावना बढी भएको क्यानका उच्च अधिकारी पनि स्वीकार्छन्।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएसँगै क्यानले गत १ कात्तिकमा मुख्य प्रशिक्षक मागेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved