विपिन रावतको दुर्घटना छानबिन गर्न भारतीय वायुसेनाको आदेश

भारतीय रक्षामन्त्रीले संसदमा दुर्घटनाको जानकारी दिने

नेपालभ्युज

विपिन रावतको दुर्घटना छानबिन गर्न भारतीय वायुसेनाको आदेश

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावत सवार हेलिकोप्टर तमिलनाडुको कन्नूरमा बुधबार दुर्घटनाग्रस्त भएपछि भारतीय वायुसेनाले दुर्घटनाको कारण थाहा पाउन छानबिन गर्न आदेश दिएको छ।

जनरल विपिन रावत पूर्वसेना प्रमुख हुन्। दुर्घटनाबारे क्षतिको विवरण आउन बाँकी छ। यो हेलिकप्टरमा करिब १४ जना सवार रहेको बताइएको छ। यसमा जनरल रावतकी श्रीमती पनि सँगै रहेका भारतीय सञ्चारमाध्यमले जनाएको छ।

जनरल रावतलाई १ जनवरी २०२० मा देशको पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा नियुक्त गरिएको थियो। रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेना प्रमुखको रूपमा सेवा गरेका थिए।

भारतको अल इन्डिया रेडियोलाई उद्धृत गर्दै रक्षामन्त्री राजनाथ सिंहले संसदमा यस दुर्घटनाको जानकारी दिने पनि बीबीसले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved