काठमाडौँबाट लागु औषधसहित चारजना पक्राउ

काठमाडौँबाट लागु औषधसहित चारजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट अवैध लागु औषधसहित आज चारजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयकाअनुसार उनीहरूबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर तामाङ र काठमाडौँ महानगरपालिका–१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका–६ का मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन्।

पकनाजोलस्थित उनको कोठामा लागुऔषध बिक्रीका लागि लुकाइराखेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागुऔषध र सामान फेला पारेको थियो।

कार्यालयका अनुसार उता सुनसरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम, लुपिजेसिक र फेनारगन गरी जम्मा २३ एम्पुल, ५० एम्पुल नाइट्राजेपाम, १९ ट्याब्लेट स्पास्मो प्रोक्सिभोनसहित सोही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय मिलन तामाङलाई पनि पक्राउ गरिएको छ।

यस्तै मोरङको उर्लाबारी नगरपालिका–३ नमुना टोल बस्ने बाबुराम थारु र सोही ठाउँ बस्ने ३१ वर्षीय सन्तोष तामाङलाई एक ग्राम १७० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर र रु ११ हजारसहित प्रहरीले आज पक्राउ गरेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved