यी हुन् कांग्रेस बागमतीका विजयी पदाधिकारी

सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन्।

नेपालभ्युज

यी हुन् कांग्रेस बागमतीका विजयी पदाधिकारी

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

गत शनिबार सम्पन्न भएको निर्वाचनको सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन्।

बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन्। उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भए।

यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन्। सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो ।

यस्तै, महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डंगोल विजयी भएका छन्। जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो ।

यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन्। उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो ।

कांग्रेस बागमतीको सभापतिमा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन्। पहिलो चरणमा जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधानसँग भिडेका बानियाँ दोस्रो चरणमा केसीलाई पराजित गर्दै विजयी भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved