संघीयता कहिलेसम्म हो थाहा छैन : रामकुमारी झाँक्री

नेपालभ्युज

संघीयता कहिलेसम्म हो थाहा छैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् ।

बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले संघीयता सबलीकरणका लागि शासकीय स्वरूप वा निर्वाचन प्रणाली फेर्न जरूरी रहेको बताइन् ।

शासकीय स्वरूप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुग्ने उनले दाबी गरिन् ।

झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताइन् ।

स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि उनको भनाई छ ।

साथै, समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो भन्दै उनले प्रश्नसमेत गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved