बार्बाडोस बन्यो विश्वको ‘कान्छो’ गणतन्त्र

झन्डै ४ सय वर्षअघि इंलिस जहाजहरु क्यारेबियन टापू बार्बाडोस प्रवेश गरेका थिए । त्यसयता लामो समय बेलायतको उपनिवेश रहेको यस देशले ५५ वर्ष पहिले स्वतन्त्रता हासिल गरेको थियो । कुनै समय यो देशलाई अंग्रेजहरुले दासहरुको व्यापारको हब बनाएका थिए ।

नेपालभ्युज

बार्बाडोस बन्यो विश्वको ‘कान्छो’ गणतन्त्र

एजेन्सी। महारानी एलिजावेथ दोस्रोलाई औपचारिक रुपमा राष्ट्रप्रमुखबाट हटाउँदै बार्बाडोसले आफुलाई विश्वकै ‘कान्छो’ गणतन्त्र घोषणा गरेको छ। सोमबार राति राजधानी ब्रिजटाउनमा भएको समारोहमा डेमी सान्द्रा मासनले पहिलो राष्ट्रपतिका रुपमा सपथ लिइन्।

यस समारोहमा बेलायती राजकुमार चार्ल्स र चर्चित गायिका रिहान्ना पनि सरिक थिए। ७२ वर्षीया मासनले सन् २०१८ यता यस टापूको गर्भनरको भूमिका निर्वाह गरिरहेकी थिइन्। गत महीना बार्बाडोसको संसद्ले निर्वाचनमार्फत उनलाई नयाँ राष्ट्रपति चयन गरेको थियो।

आफ्नो ५५ औं स्वतन्त्रता दिवसको अवसर पारेर बार्बाडोसले गणतन्त्र घोषणा गरेको हो। झन्डै ४ सय वर्षअघि इंलिस जहाजहरु यस क्यारेबियन टापूमा प्रवेश गरेका थिए। त्यसयता लामो समय बेलायतको उपनिवेश रहेको यस देशले ५५ वर्ष पहिले स्वतन्त्रता हासिल गरेको थियो। कुनै समय यो देशलाई अंग्रेजहरुले दासहरुको व्यापारको हब बनाएका थिए।

शक्ति परिवर्तनको संकेतका लागि सोमबार राती अन्तिमपटक बेलायती राज परिवारलाई सलामी दिइएको थियो र त्यसपछि शाही झन्डा हटाएर नयाँ झन्डा फहराइयो।

बेलायती राजकुमार चाल्र्सले विगतमा दासताको आतंकबाट बार्बाडोस प्रताडित भएको स्विकारे। अतिथीका रुपमा आफ्नो धारणा राख्दै राजकुमारले संवैधानिक परिवर्तनका बाबजुद दुई देशबीचको सम्बन्ध कायमै रहने विश्वास व्यक्त गरे।

उनले बार्बाडोसमा गणतन्त्र घोषणालाई नयाँ सुरुवातका रुपमा व्याख्या गरे। बेलायती महारानी एलिजावेथले पनि बार्बाडोसलाई शुभकामना सन्देश पठाएकी थिइन्। आफ्नो हृदयमा यस देशको विशेष स्थान रहने महारानीको पत्रमा उल्लेख छ। पत्रमार्फत उनले यस देशका जनताको खुसी, शान्ति र समृद्धीको कामना गरेकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved