ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै

अहिलेसम्म ओलीले पदाधिकारीको सूची बनाए पनि सार्वजनिक भने गरेका छैनन्।

नेपालभ्युज

ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै

चितवन। नेकपा एमालेको चितवनमा जारी १०औँ महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र बिहान १० बजे पछि शुुरू हुँदैछ। नयाँ नेतृत्व प्रस्ताव गर्ने अधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा प्रस्ताव गर्नेछन्। अहिलेसम्म ओलीले पदाधिकारीको सूची बनाए पनि सार्वजनिक भने गरेका छैनन्।

यद्यपी ओलीलाई गरिएको अधिकारको प्रस्तावमै विरोध छ। नेता भीम रावल, घनश्याम भुसाललगायतले नयाँ नेतृत्व प्रस्ताव गर्ने अधिकार व्यक्तिलाई दिनु अनुचित भन्दै विरोध गरेका छन्। यता आफ्नै समूहका धेरै नेताहरूले एउटै पदमा दाबी गरेपछि ओली अप्ठ्यारोमा छन्।

ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने एक नेताले बताए। ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताले सघाइरहेका छन्। एमालेले आइतबार नेतृत्व चयनको काम सक्ने र सोमवार बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ। एमालेको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनको नारायणी नदी किनारमा भव्य रूपमा उद्घाटन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved