नेपाल पहिलो खेलमा नै पराजित

१०५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै चार विकेटको नोक्सानीमा पूरा गर्‍यो। जसका लागि प्लेएर अफ दी म्याच घोषित भएकी हङकङकी मारिको हिलले सर्वाधिक अविजित ४२ रनको योगदान दिएकी थिइन्।

नेपालभ्युज

नेपाल पहिलो खेलमा नै पराजित

काठमाडौं। नेपाल आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत एशियाली छनोटको पहिलो खेलमा नै पराजित भएको छ। यूएईमा शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाउँदै मात्र १०४ रन जोड्न सक्यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक अविजित ४० र इन्दु बर्माले ३१ रनको योगदान दिए। नेपालले २७ अतिरिक्त रन पाएको थियो।

१०५ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङले दुई ओभर बाँकी छँदै चार विकेटको नोक्सानीमा पूरा गर्‍यो। जसका लागि प्लेएर अफ दी म्याच घोषित भएकी हङकङकी मारिको हिलले सर्वाधिक अविजित ४२ रनको योगदान दिएकी थिइन्।

यो हारपछि अब नेपालको २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-ट्वान्टी विश्वकपको ‘ग्लोबल’ छनोटमा पुग्ने सम्भावना कठिन बनेको छ। छनोटमा रहेका ६ टिममध्येबाट राउण्ड रोविन लिगका आधारमा खेलाइने खेलमा तालिकाको शीर्ष स्थानमा रहने एक टिमले मात्र विश्वकपको ‘ग्लोबल’ छनोट प्रतियोगिता खेल्न पाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved