संसदीय सुनुवाइ समितिको बैठक स्थगित

नेपालभ्युज

संसदीय सुनुवाइ समितिको बैठक स्थगित
फाइल तस्वीर

काठमाडौं। संसदीय सुनवाइ समितिको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ। बैठकका लागि गणपुरक संख्या नपुगेकोपछि बैठक स्थगित भएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।

आजको बैठकमा प्रस्तावित तीन राजदूतको उजुरीकर्ताहरूसँग समितिले छलफल गर्ने कार्यसुची थियो ।

समितिले प्रस्तावित राजदूतहरुका विषयमा १२ कात्तिकमा गोरखापत्रमा सूचना प्रकाशन गर्दै उजुरी मागेको थियो। संसद् सचिवालयका अनुसार प्रस्तावित राजदूतहरुको विषयमा भन्दा पनि सरकारले सिफारिस प्रक्रिया समावेशी नभएको भन्दै उजुरी परेको थियो ।

११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, भारतका लागि डा. शंकरप्रसाद शर्मा र अमेरिकाका लागि श्रीधर खत्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

संसदीय सुनुवाई समितिका सभापति कर्णका अनुसार समितिको अर्को बैठक आगामी मंसीर १७ गतेका लागि बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved