रामदेवको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधवले कानुनको उल्लंघन गरेः भीम रावल

नेपालभ्युज

रामदेवको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधवले कानुनको उल्लंघन गरेः भीम रावल
फाइल तस्वीर

काठमाडौँ। नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले वैदेशिक लगानी प्रतिबन्ध रहेको आमसञ्चार क्षेत्रमा भारतीय लगानी रहेको टेलिभिजन च्यानल उद्घाटन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताले कानुनको उल्लङ्घन गरेको आरोप लगाएका छन्। योगगुरु रामदेवको टेलिभिजन शुक्रबार प्रधानमन्त्री देउवासहितका शीर्ष नेताले उद्घाटन गरेका थिए।

ट्वीट लेख्दै रावलले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कानुनको निर्लज्ज उल्लंघन गरेको आरोप लगाए।

‘‘प्र.मं. देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आमसञ्चार माध्यम टी.भी. भारतीय योगगुरूलाई सञ्चालन गर्नदिन त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन हो। यस्तै दृष्टि र मानसिकता भएकाहरू एमसीसीका राष्ट्रघाती प्रावधान नदेखेझैं गर्छन्,’’ रावलले भनेका छन्।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले नेपालमा आमसञ्चार क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध लगाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved